Latest Movie :
 - सिरहाको फुलवरिया गाविसमा तीन दिन अगाडी फुलवरिया ८ का सुजित महतोमाथि सशस्त्र डाँका समुहले खुकुरी प्रहार गरी २ लाख मुल्य बराबरको धनसम्पत्ति लुटि फरार भएका डाँका खोजीका क्रममा प्रहरीले जेल ब्रेक काण्डका फरार अभियुक्त सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा मझौलिया- ५ का ३० वर्षीय मुस्तुफा हुसैन र सोही गाउँका २९ वर्षीय असलम राईन छन्।

चार वर्ष अघि २०६५ साल असार २९ मा सिरहा जेल ब्रेक काण्डका फरार अभियुक्त मुस्तुफा पनि पक्राउ परेका छन्। मोस्टवान्टेडको सुचीमा रहेका मुस्तुफा चार वर्षपछि बिहिबार बिहन पक्राउ परेका हुन्। उनीमाथि जेल ब्रेक र डाँका मुद्धा अनि राईनलाई लुटपाट र डकैती मुद्धामा कारवाही सुरु गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर राजकुमार कार्कीले जानकारी दिए।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. My Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger